ट्रम्पले छोडे हवाइट हाउस

माघ ७, २०७७ | काठमाडौं

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउसबाट बाहिरिनुभएको छ । स्थानीय समयअनुसार बिहान ८ बजे पछि ट्रम्पले ह्वाइट हाउस छोडेको सीएनएनले जनाएको छ । लगत्तै ट्रम्पले सैन्य क्याम्पमा आयोजित बिदाई समारोहमा सम्बोधन गर्नुभएको थियो । सम्बोधनका क्रममा ट्रम्पले ४५ औं राष्ट्रपतिका रुपमा सेवा गर्न पाउनु आफ्ना लागि ठूलो सम्मान भएको बताउनुभयो । 

ट्रम्पले बाइडेन प्रशासनलाई शुभकामना समेत दिनुभयो । यसअघि नै बाइडेनको सपथग्रहण समारोहमा उपस्थीत नहुने बताइसकेका ट्रम्पले सपथग्रहण हुनुभन्दा केही घण्टा अगाडि नै ह्वाइटहाउस छोड्नुभएको हो । बिदाई कार्यक्रमपछि ट्रम्प एयरफोर्स वानमार्फत फ्लोरिडातिर लाग्नुभएको बीबीसीले उल्लेख गरेको छ । 


प्रतिक्रिया