अक्सफर्ड–एस्ट्राजेनेकाको खोप स्थगित गर्नुपर्ने आधार देखिन्न : डब्लूएचओ

फाल्गुन २८, २०७७ | काठमाडौं

विश्व स्वास्थ्य संगठन डब्लूएचओले अक्सफर्ड–एस्ट्राजेनेकाको खोपले मानिसमा रगत जम्ने खतरा बढाएको भन्ने कुरामा कुनै सत्यता नदेखिएको भन्दै त्यसको प्रयोगलाई प्रयोगलाई रोक्नुपर्ने कुनै आधार नदेखिएको स्पष्ट पारेको छ । डब्लूएचओका प्रवक्ता मार्गरेट ह्यारिसले आजको बिफ्रिङका क्रममा रगत जम्नु र खोप लगाउनुको बीचमा कुनै सम्बन्ध नरहेको बताउनुभएको हो । 

उहाँले भन्नुभयो, 'यो एक उत्कृष्ट खोप हो र यसको प्रयोग जारी रहनु पर्छ ।' खोपकै कारण यी समस्या आएका हुन् भन्ने हाल कुनै संकेत प्राप्त नभएको र खोपको असरमा पनि रगत जम्ने खालका कुनै असर सूचीकृत नभएको र परिक्षणका क्रममा पनि ती कुरा नदेखिएकोले यस विषयमा तत्काल निर्णय लिन नसकिने उहाँको भनाई थियो ।

५० लाख बढी यूरोपियनले लगाएको यो खोप बारे कुनै शंका राख्नु नहुने उहाँको भनाई थियो । पछिल्लो समय नर्वे, डेनमार्क, थाइल्याण्ड, बुल्गेरिया लगायतका मुलुकले एष्ट्राजेनेकाका खोपका कारण रगत जमेको भन्दै खोप प्रयोग स्थगित गरेका थिए । 


प्रतिक्रिया