इन्डोनेसियाको एक चर्चमा आत्मघाती आक्रमण हुँदा १४ जना घाइते

चैत्र १५, २०७७ | काठमाडौं

इन्डोनेसियाको पूर्वी क्षेत्रस्थित साउथ सुलावेसी राज्यको एक चर्चमा आत्मघाती आक्रमण हुँदा १४ जना घाइते भएका छन् । 

शंकास्पद दुई जना व्यक्तिले आज बिहान आत्मघाती बम विष्फोट गराएको इन्डोनेसियाली प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । मोटरसाइकलमा आएका दुई व्यक्ति चर्चभित्र प्रवेश गर्ने प्रयास गरे पनि सुरक्षा गार्डले उनीहरुलाई ढोका बाहिरै रोकेको थियो । 

घटनामा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया