विश्व बैंकले ४० मुलुकलाई २ अर्ब डलर सहयोग गर्ने

चैत्र २८, २०७७ | काठमाडौं

विश्व बैंक समुहले ४० वटा विकासशील मुलुकहरुलाई कोभिड १९ विरुद्धको खोप खरिदका लागी २ अर्ब डलर सहयोग गर्ने भएको छ ।

यही अप्रिलको अन्तिम सम्म सो रकम प्रदान गरिसक्ने विश्व बैंकको योजना छ । विश्व बैंकका प्रबन्ध निर्देशक एक्सेल भान ट्रोटसेनबर्गका अनुसार १२ अर्ब डलरको कार्यक्रम अन्तर्गत यही महिना २ अर्ब सहयोग गरिसक्ने योजना छ । 

सो रकम न्यून तथा मध्यम आय भएका मुलुकमा खोप विकास, उत्पादन र वितरणमा खर्च गरिनेछ । विश्वभर सुस्त भएको खोप कार्यक्रमलाई सो सहयोग रकमले गति दिने विश्व बैंकले दाबी गरेको छ ।  


प्रतिक्रिया