रेमडेसिविर चिकित्सकको प्रत्यक्ष निगरानीमा मात्रै प्रयोग गर्न निर्देशन

वैशाख १७, २०७८ | काठमाडौं

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले कोरोना संक्रमण उपचारमा प्रयोग हुने औषधी रेमडेसिविरलाई अस्पतालमा चिकित्सकको प्रत्यक्ष निगरानीमा मात्रै प्रयोग गर्न निर्देशन दिएको छ । मन्त्रालयले भनेको छ, कृपया रेमडेसिविर घरमा प्रयोग गर्ने कोसिस नगर्नुहोला ।

 मन्त्रालयले चिकित्सकको निगरानी र सल्लाह बिना सो औषधी प्रयोग गर्न नहुने स्पष्ट पार्दै यस विषयमा ध्यान दिन सम्बन्धित सबैलाई निर्देश गरेको हो ।

 मन्त्रालयले दिनमा ४ पटक सिटामोल खाँदा पनि शरीरको तापक्रम कम नहुँदा मात्रै चिकित्सकको सल्लाहमा रेमडेसिविर लिन सकिने जनाएको छ । पछिल्लो समय अस्पतालमा शैया अभाव र अत्यावश्यक स्वास्थ्य सामाग्रको कमी हुँदा घरमै उपचार गर्न बाध्य बिरामीको संख्या बढेपछि मन्त्रालयले पछिल्लो निर्देशन जारी गरेको हो । 


प्रतिक्रिया