खोप अभावमा कोभ्याक्स कार्यक्रम प्रभावित : डब्लूएचओ

असार ८, २०७८ | काठमाडौं

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले खोप अभावमा कोभ्याक्स कार्यक्रम प्रभावित भएको जनाएको छ । कोभ्याक्स कार्यक्रम अन्तर्गत विश्वका गरीब राष्ट्रहरुलाई तीब्र गतिमा वितरण गर्ने कार्यक्रम तय भएपनि खोप अभाव देखिएको डब्लूएचओको भनाई छ । 

डब्लूएचओका वरिष्ठ सल्लाहकार डा.ब्रुस एल्वार्डले विश्वका १ सय ३१ गरीब राष्ट्रका लागि ९ करोड डोज खोप भने उपलब्ध भईसकेको बताउनुभयो । यद्यपि, विश्वभर अझै फैलिरहेको कोभिड–१९ महामारी रोक्नका लागि यो पर्याप्त नभएको डा.एल्वार्डको भनाई छ । 

कोभिड–१९ विरुद्धको खोप अभावसँगै अफ्रिकी राष्ट्रमा तेस्रो लहरको संक्रमण देखिन सुरु भएको छ । दक्षिण अफ्रिकाका राष्ट्रपति श्रील रामापोशाले खोप सञ्चय नगर्न र कोभिड संक्रमण रोक्ने आफ्नो प्रयासमा सहयोग गर्न धनी राष्ट्रहरुलाई आग्रह गर्नुभएको छ । 

अफ्रिकी राष्ट्रमा अहिलेसम्म जम्मा २ प्रतिशत अर्थात ४ करोड डोज खोप मात्रै उपलव्ध रहेको राष्ट्रपति रामापोशाले बताउनुभयो । खोप समस्या समाधानका लागि कोभ्याक्ससँग मिलेर क्षेत्रीय उत्पादन केन्द्र स्थापना गर्ने बारे काम भईरहेको पनि उहाँले जानकारी दिनुभयो । 


प्रतिक्रिया