लेबनानको बेरुतका लाखौँ बालबालिका भोकमरी र कुपोषणको चपेटामा

श्रावण १४, २०७८ | काठमाडौं

लेबनानको बेरुतका लाखौँ बालबालिका र उनीहरुका परिवार चरम गरिबी, भोकमरी र कुपोषणको चपेटामा परेको एक अन्तर्राष्ट्रिय संस्थाले जनाएको छ ।

 बालबालिकाको अधिकार सम्बन्धि संस्था सेभ द चिल्ड्रेनका अनुसार बेरुतमा गत वर्ष भएको शक्तिशाली विष्फोटको घटनापछि उत्पन्न आर्थिक संकटका कारण सो क्षेत्रका कयौँ परिवार चरम गरिबीको रेखामुनि धकेलिएका हुन् ।

 विष्फोटका कारण कयौँ परिवार चरम आर्थिक संकटबाट गुज्रिनुपरेको छ भने लाखौँ बालबालिका भोकमरी र कुपोषणबाट जुँधिरहेका छन् । त्यहाँका ४७ प्रतिशत जनसंख्याले पर्याप्त, खाना, पानी र इन्धनको अभाव झेल्नुपरेको सो संस्थाले उल्लेख गरेको छ । 


प्रतिक्रिया