सुडानमा 'सैन्य कू' को प्रयास

आश्विन ५, २०७८ | काठमाडौं

सूडानमा सेनाले कूको प्रयास गरेको छ । सैन्य विद्रोह मार्फत सत्तापलट गर्ने एउटा असफल प्रयास भएको त्यहाँको सरकारी टेलिभिजनलाई उद्धृत गर्दै अलजजीराले जनाएको छ ।

 राजधानी खार्तुमस्थित राष्टिय्र रेडियो र टेलिभिजनमा समेत नियन्त्रणको प्रयास भएको सो क्षेत्रसहित ओमडर्मान आसपास क्षेत्रमा बाट सैन्य गतिविधि बढेको बताइएको छ । नाइल नदीमाथि रहेका पुलहरू बन्द गरिएको जनाइएको छ । स्थिति नियन्त्रणमा लिन सरकारले आवश्यक कदम अघि बढाएको अलजजीराले जनाएको छ । 


प्रतिक्रिया