इरानद्वारा अमेरिकाको चर्को आलोचना

आश्विन ६, २०७८ | काठमाडौं

संयुक्त राष्ट्रसंघीय महासभामा इरानले अमेरिकाको चर्को आलोचना गरेको छ । इरानी राष्ट्रपति इब्राहिम रइसीले सभालाई सम्बोधन गर्दै कोरोना महामारीका कठिन अवस्था पनि प्रतिबन्ध लगाएर अमेरिकाले मानवताविरोधी अपराध आरोप लगाउनुभयो । 

अमेरिकाप्रति निकै रुष्ट देखिएका राष्ट्रपति रइसीले अमेरिकाले प्रतिबन्धलाई युद्ध शैलीमा प्रयोग गरेको बताउनुभयो । अमेरिकाले अमेरिकाले आफ्ना नीतिहरू जबरजस्ती लाद्न खोजिरहेको भन्दै उसले व्यवहार परिवर्तन गर्नुपर्ने चेतावनी दिनुभयो । अमेरिकाले इरानमाथि सन् १७९ देखि प्रतिबन्ध लगाउन थालेको हो । यस्ता प्रतिबन्ध हालसम्म कायम छन् । 


प्रतिक्रिया