अफगानिस्तानमा राष्ट्रव्यापी पोलियो खोप अभियानको घोषणा

कार्तिक २, २०७८ | काठमाडौं

संयुक्त राष्ट्रसंघले अफगानिस्तानमा राष्ट्रव्यापी पोलियो खोप अभियानको घोषणा गरेको छ । एक दशक भन्दा बढी समयपछि पहिलो पटक आगामी नोभेम्बरबाट सुरु गर्न लागिएको अभियानलाई तालिबानको पूर्ण समर्थन रहेको युनिसेफले जनाएको छ । 


खोप अभियानमा तालिवानले महिला कर्मचारीलाई अनुमति दिनुका साथै टोलीलाई सुरक्षा प्रदान गर्ने एजेन्सीले जनाएको छ । यसअघि सन् २०११ मा ओसामा बिन लादेनलाई खोज्नका लागि अमेरिकी सरकारको केन्द्रीय जाँच ब्यूरो सीआईएले चलाएको नक्कली खोप अभियानका कारण विद्रोही समूहहरुले त्यस्ता खाले अभियानलाई अवरोध गर्दै आएका थिए ।

 अफगानिस्तानका ५ वर्ष मुनिका करीब १ करोड बालबालिकासम्म खोप अभियान पुर्‍याउने युनिसेफको लक्ष्य छ ।


प्रतिक्रिया