केन्द्रले रोक्यो पश्चिम बंगलाका मुख्यमन्त्रीको नेपाल भ्रमण

मंसिर २५, २०७८

नेपाल आउन इच्छुक पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीलाई केन्द्र सरकारले अनुमति नदिएपछि नेपाली कांग्रेसको महाधिवेशनमा पाहुनाका रुपमा आउन नपाउने हुनु भएको छ । आमन्त्रणलाई स्विकार गर्दै उहाँले केन्द्र सरकारसँग नेपाल भ्रमणको अनुमति माग्नु भएको थियो । 

मुख्यमन्त्रीले कुनै पनि विदेश यात्रा गर्दा केन्द्र सरकारको अनुमति लिनुपर्ने ‘प्रोटोकल’ छ । सोही प्रोटोकल अनुसार ममताले आफ्नो नेपाल भ्रमणको अनुमति माग गर्दै केन्द्रलाई पत्राचार गर्नु भएको थियो । 


प्रतिक्रिया