सार्कका लागि भारत अझै अनिच्छुक

पुस २२, २०७८

पाकिस्तानले सार्क शिखर सम्मेलनका लागि गरेको आह्वानलाई भारतले अस्विकार गरेको छ । भारतीय विदेश मन्त्रालयले सार्क शिखर सम्मेलन गरिहाल्ने विषयमा कुनैपनि नयाँ सहमति निर्माण भइनसकेको जनाएको छ । पाकिस्तानका विदेशमन्त्री शाह मोहम्मद कुरैसीले गएको सोमबार १९ औं सार्क शिखर सम्मेलन गर्न पाकिस्तान तयार रहेको र त्यसका लागि सबै सदस्य राष्ट्रहरुलाइ फेरि पनि निम्ता पठाइने बताएका थिए । उहाँले इस्लामावाद आउन समस्या भए भारत ‘भर्चुअल’ रुपमा सहभागी हुनसक्ने सुझाव दिनु भएको थियो ।

 भारतकै कारण सार्क संकटमा परेको उहाँको आरोप थियो । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरविन्दम बागचीले सार्क सम्मेलनका लागि अनुमति दिने विषयमा कुनैपनि सहमति भइनसकेको बताउनुभयो । प्रत्येक २ वर्षमा हुने सम्मेलन सन २०१४ यता भएको छैन । १८ औं शिखर सम्मेलन काठमाडौंमा भएको थियो । त्यसपछि सन् २०१६ मा सम्मेलनको आयोजना गर्ने पालो पाकिस्तानको थियो । तर, पाकिस्तानसँगको आपसी द्वन्द्वका कारण भारतले इस्लामावादको सार्क सम्मेलनमा सहभागी नहुने जनाएपछि सम्मेलन नै हुन सकेको छैन ।


प्रतिक्रिया