श्रीलंकाको नयाँ प्रधानमन्त्रीमा रनिल विक्रमासिंगे नियुक्त

वैशाख २९, २०७९

देशभित्र सरकार विरोधी प्रदर्शन चर्किरहेका बेला श्रीलंकाको नयाँ प्रधानमन्त्रीमा रनिल विक्रमासिंगे नियुक्त हुनुभएको छ । 

राष्ट्रपति गोटाबाय राजापाक्षेले विक्रमासिंगेलाई प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । धराशायी अर्थतन्त्रलाई उकास्न नवनियुक्त प्रधानमन्त्रीले महत्वपूर्ण कदम चाल्न सक्ने विश्वास लिइएको छ ।

 आर्थिक संकट गहिरिएसँगै श्रीलंकामा सरकारविरुद्ध उग्र प्रदर्शन हुन थालेपछि प्रधानमन्त्री महिन्दा राजपाक्षेले राजीनामा दिनुभएको थियो । 


प्रतिक्रिया