श्रीलंका गम्भीर मानवीय संकटमा फस्ने जोखिम : राष्ट्रसंघ

जेष्ठ २८, २०७९ | काठमाडौं

संयुक्त राष्ट्रसंघको मानवीय सहायता समन्वय सम्बन्धी निकायले श्रीलंका गम्भीर मानवीय संकटमा फस्ने जोखिम औल्याएको छ । श्रीलंकाका २ करोड २० लाख मानिसले पछिल्लो सात दशक यताकै सबैभन्दा गम्भीर आर्थिक संकट भोगिरहेको राष्ट्रसंघीय निकायले जनाएको छ ।

 उच्च मूल्यवृद्धि, मुद्राको अवमूल्यनसहित इन्धन, औषधि र अन्य आवश्यक सामग्रीको गम्भीर अभाव रहेको बताइएको छ श्रीलंकाले सन् १९४८ मा स्वतन्त्र भएयताकै सबैभन्दा खराब आर्थिक संकटको सामना गरिरहेको छ । राष्ट्रसंघीय निकायका अधिकारीहरुले पछिल्लो अवस्थाले श्रीलंका पूर्ण मानवीय आपतकाल जोखिममा रहेको र अवस्था थप भयावह हुने चेतावनी दिएका छन् । 


प्रतिक्रिया