ताइवानलाई चीनबाट स्वतन्त्र बनाउने प्रयासविरुद्ध चीनले सैन्य कारबाही गर्ने

जेष्ठ २८, २०७९ | काठमाडौं

ताइवानलाई चीनबाट स्वतन्त्र बनाउने कुनै पनि प्रयासविरुद्ध चीनले सैन्य कारबाही गर्ने चेतावनी दिएको छ । चीनका रक्षामन्त्री वेई फेङ्ग ले ताइवानलाई कसैले चीनबाट अलग गर्ने प्रयास गरे त्यसको परिणाम युद्ध उन्मुख हुने बताउनुभएको हो ।

 सिंगापुरमा एसियाली सुरक्षा शिखर सम्मेलनका क्रममा आफ्ना अमेरिकी समकक्षी लोयड अस्टिनसँग भेटवार्ताका क्रममा उहाँले ताइवानलाई चीनबाट अलग गर्न खोजे चिनियाँ सेनासँग लड्नुबाहेक अरु विकल्प नहुने धारणा व्यक्त गरेको बीबीसीले जनाएको छ । 

चीनले पटक पटक ताइवान आफ्नो राष्ट्रिय सार्वभौमसत्ता र भौगोलिक अखण्डता विषयसँग जोडिएकोले आन्तरिक मामिलामा हस्तक्षेप नगर्न चेतावनी दिँदै आएको छ । तर ताइवानले भने आफूलाई चीनको भूभाग नभई सार्वभौम राष्ट्रको रुपमा व्याख्या गर्दै आएको छ । अमेरिकाका रक्षामन्त्री अस्टिनले चिनियाँ त्यस्तो धारणालाई उत्तेजनापूर्ण र अस्थिरता निम्त्याउने कदमको संज्ञा दिनुभएको छ । 


प्रतिक्रिया