कोरोनाले संक्रमित सोनिया गान्धी अस्पताल भर्ना

जेष्ठ २९, २०७९

भारतमा विपक्षी दल कांग्रेसका अध्यक्ष सोनिया गान्धीलाई कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना हुनु भएको छ । पछिल्लो समय भारतमा कोरोना संक्रमितको संख्या फेरि बढेको पाईएको छ । गान्धीको रिपोर्ट १ जुनमा पोजिटिभ आएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि दिल्लीस्थित गान्धी गंगाराम अस्पताल भर्ना हुनु भएको हो । गान्धीकी छोरी प्रियंका गान्धीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

दिल्लीमा कोरोना संक्रमणको दर बढ्नुका साथै दैनिक रुपमा नयाँ संक्रमित पनि थपिदैं छन् । दिल्लीमा संक्रमण दरले ४ प्रतिशत पार गरेको छ । पछिल्लो २४ घण्टामा ७ सय ९५ जना नयाँ संक्रमित भेटिएका छन् । संक्रमितको संख्या बढेको पाईपनि मृत्यू हुनेको संख्या भने शुन्य छ । 


प्रतिक्रिया