भारतमा साम्प्रदायिक दंगा बढ्दै

जेष्ठ ३०, २०७९

भारतका विभिन्न क्षेत्रमा साम्प्रदायिक दंगा शुरु भएको छ । भारतको उत्तरी राज्य उत्तरप्रदेशमा सरकारी अधिकारीहरुले केही मुस्लिमहरुको घर भत्काएपछि दंगा भड्किएको बीबीसीले जनाएको छ । धार्मिक विरोधी प्रदर्शनमा मुस्लिमहरु सहभागि भएको भन्दै घरहरु भत्काइएको बताइएको छ । 

सत्तारुढ भारतीय जनता पार्टी भाजपाका दुई पूर्व नेताहरूले पैगम्बर मुहम्मदको बारेमा गरेको अपमानजनक टिप्पणीका कारण विरोध प्रदर्शन भएको थियो । केही राज्यहरूमा प्रदर्शन हिंसात्मक बनेपछि मानिसहरुले भौतिक सम्पत्तिमा क्षति पुर्‍याएका थिए । युपीमा दंगा फैलाएको भन्दै ३ सय बढी व्यक्ति पक्राउ परेका छन् । 

विपक्षी नेताहरूले मुख्यमन्त्री योगी आदित्यनाथको नेतृत्वमा रहेको राज्य सरकारले अल्पसंख्यक मुस्लिम समुदायलाई लक्षित गरि दंगा भड्काएको आरोप लगाएका छन् । सन् २०१४ मा हिन्दू राष्ट्रवादी पार्टी भाजपा सत्तामा आएपछि भारतमा धार्मिक ध्रुवीकरण बढ्दै गएको आलोचकहरुको भनाई छ । 


प्रतिक्रिया