श्रीलंकामा खाद्य उत्पादनलाई प्रोत्साहन गर्न सातामा एक दिन विदा थप

असार १, २०७९ | काठमाडौं

श्रीलंकाले खाद्य उत्पादनलाई प्रोत्साहन गर्न सातामा एकदिन सार्वजनिक बिदा थप गरेको छ । खाद्यान्न अभावको त्रासका बीच सरकारी अधिकारीहरुलाई खाद्य उत्पादनमा प्रोत्साहित गर्न साताको एक दिन थप बिदा दिइएको जनाइएको छ । सरकारी तथ्यांक अनुसार श्रीलंकामा हाल १० लाख सरकारी कर्मचारी रहेका छन् ।

 पछिल्लो केही महिनायता सार्वजनिक भइरहेका विभिन्न अध्ययनहरुले श्रीलंकाका करीब २ करोड २० लाख नागरिक चरम खाद्य संकटतर्फ धकेदिँदै गएको देखाएका छन् । 

पछिल्लो ७० वर्ष यताकै चरम आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंका सरकारले कृषि क्षेत्रलाई प्रोत्साहन गर्ने नीति अनुरुप कृषिका लागि एक दिन थप बिदा दिएको सरकारी अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । अर्को महिनाबाटै सातामा शुक्रबार पनि सार्वजनिक बिदा लागू गरिने भएको हो । श्रीलंकामा खाद्यन्नसहित अत्यावश्यक सामाग्री, औषधी, इन्धन लगायतको अभाव चुलिसकेको छ भने अझै खराब आर्थिक मन्दीको सामना गर्नुपर्ने चेतावनी विभिन्न वृत्तबाट आइरहेका छन् । 


प्रतिक्रिया