क्यानडामा प्लाष्टिकका सामान उत्पादन र आयातमा प्रतिवन्ध लगाइँदै

रेडियो कान्तिपुर संवाददाता

असार ७, २०७९

क्यानडाले पुन प्रयोग नमिल्ने प्लाष्टिकका सामान उत्पादन तथा आयातमा प्रतिवन्ध लगाउने भएको छ । वातावरणमा पर्ने असर कम गर्न भन्दै क्यानडाले आगामी डिसेम्बरदेखी पुन प्रयोग गर्न नमिल्ने प्लास्टिकका सामान उत्पादन तथा आयातमा प्रतिवन्ध लगाउने भएको हो । प्लास्टिकका झोला, चम्चा, प्लेट लगायतका वस्तु निषेध गर्ने तयारी गरेको हो । प्लाष्टिकजन्य पदार्थका कारण बढ्दै गएको प्रदुषण नियन्त्रणका लागि सो कदम चालिएको क्यानडाका वातावरण मन्त्री स्टेभेन गुइलबिल्टलाई उद्धत गर्दै अलजजिराले जनाएको छ । समाज, जमिन तथा समुन्द्र सफा राख्नका लागि सो कदम प्रभावकारी हुने मन्त्री गुइलबिल्टको दावी छ । क्यानडामा दैनिक १५ अर्बवटा प्लास्टिकका झोला प्रयोगमा आउने गरेका छन् । 


प्रतिक्रिया