दिल्ली नगर निगम निर्वाचन : भाजपाको गढ भत्काउँदै आपको उदय

मंसिर २२, २०७९ | दिल्ली

लगातार १५ वर्षसम्म भारतीय जनता पार्टी (भाजपा) को नियन्त्रणमा रहेको दिल्ली नगर निगममा आम आदमी पार्टी (आप) विजयी भएको छ । आपले पहिलो पटक भाजपाबाट सत्ता खोस्न सफल भएको हो । आपले यसअघि दिल्ली र पञ्जाब राज्यमा कंग्रेसलाई पराजित गर्दै सरकार गठन गरिसकेको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार दिल्लीका २५० वडामध्ये आपले १३४ मा जित हासिल गरेको छ भने भाजपाले १०४ र कंग्रेसले ९ सीमित भएका छन् । ३ सिट भने अन्य पार्टीले जितेको भारतीय सञ्चारमाध्यामले जनाएका छन् ।

चुनावी परिणामसागै दिल्लीमा अब राज्य र स्थानीय सरकार दुवै आपको नियन्त्रणमा आइपुगेको छ । भारतका अन्य राज्यजस्तो दिल्ली पूर्ण स्वायत्त भने होइन । केन्द्रीय राजधानी रहेकाले यहाा केन्द्र सरकारको अधिकार पनि उत्तिकै छ । केन्द्र सरकारले तोक्ने उपराज्यपालसाग पनि धेरै खाले अधिकारहरू छन् । दिल्लीमा काम गर्नका लागि केन्द्र सरकार, दिल्ली सरकार र नगर निगम तीन वटैसाग आ–आफ्ना अधिकारहरू छन्

। ।यसअघि केन्द्र सरकार र नगर निगम भाजपाको नियन्त्रणमा रहेकाले कतिपय काम आफ्नो योजनाअनुसार गर्न नपाएको आपले बताउादै आएको थियो । दिल्लीमा राज्य सरकारको अधिकार क्षेत्र बढाउनुपर्ने भन्दै आप प्रमुख अरविन्द केजरीवालले निरन्तर आवाज उठाउादै आइरहनुभएको छ ।

स्थानीय तहमा स्वास्थ्य सुविधा, सरसफाइ, पार्क संरक्षण, प्राथमिक विद्यालय, ६० फिट चौडाइभन्दा साना सडक निर्माण, सार्वजनिक शौचालय, पार्किङ, सडक बत्ती, पानी आपूर्तिलगायतका दर्जनौं जिम्मेवारी नगर निगमका हुने व्यवस्था छ । जनतासँग प्रत्यक्ष जोडिने त्यस्ता धेरै मुद्दामा केजरीवालले काम गर्ने मौका पाउनुभएको थिएन । नगर निगममा जित हासिल गरेसँगै दिल्लीको फोहर र भ्रष्टाचार समाप्त पार्ने जिम्मेवारी जनताले आपलाई दिएको भन्दै केजरीवालले धन्यवाद दिनुभएको छ । 


प्रतिक्रिया