नयाँ वर्षको पूर्वसन्ध्यामा किभमा दर्जनौँ मिसाइल प्रहार

पुस १७, २०७९

नयाँ वर्षको पूर्वसन्ध्यामा रुसले किभमा दर्जनौँ मिसाइल प्रहार गरेको युक्रेनी अधिकारीले जनाएका छन् । राजधानी किभका मेयर भिटाली क्लिस्कोले रुसी सेनाले दर्जनौँ मिसाइल प्रहार गरेका बताउनुभएको छ । 

 आक्रमणमा एक जनाको ज्यान गएको छ । २० जनाभन्दा बढी घाइते भएका छन् । रुसले दुई दिनअघि गरेको हवाई हमलालाई दुई देशबीच युद्ध सुरु भएयताकै सबैभन्दा ठूलो आक्रमणको रुपमा लिइएको थियो ।

युक्रेनी राष्ट्रपनि भोलिदिमिर जेलेन्स्कीले रुसले नयाँ वर्षको उत्सव लक्षित आक्रमण गरेको भन्दै रुसी राष्ट्रपति भ्यादिमिर पुटिनमा मानवीय संवेदना शून्य रहेको प्रतिक्रिया दिनुभएको छ । जेलेन्स्कीले रुसी आक्रमणको सामना नै उत्तम विकल्प भएको भन्दै नव वर्षले युक्रेनी जनतालाई छिट्टै विजयी गराउने आश्वासन दिनुभएको छ । 


प्रतिक्रिया