१८ हजार कर्मचारी हटाउने अमेजनको निर्णय

पुस २१, २०७९ | काठमाडौं

अमेरिकी प्रविधि कम्पनी अमेजनले १८ हजार कर्मचारीलाई जागिरबाट हटाउने निर्णय गरेको छ ।

जनवरी १८ देखी लागु हुने गरि कर्मचारीहरुलाई हटाउन शुरु गरिने अमेजनले जनाएको छ ।

३ लाख कर्मचारी रहेको अमेजनले ६ प्रतिशत कर्मचारी कटौतीको निर्णय गरेको अन्तराष्ट्रिय सञ्चार माध्यामले जनाएका छन् ।

अमेजनले कर्मचारी कटौती गर्ने घोषणा यसअघि नै गरेपनि संख्याबारे खुलाएको थिएन ।

कर्मचारी कटौतीका क्रममा केही आर्थिक प्याकेज पनि घोषणा गरिएको कम्पनीले जनाएको छ । 


प्रतिक्रिया