भाजपा अध्यक्षको कार्यकाल बढाइयो

माघ ३, २०७९ | नयाँ दिल्ली

भारतीय जनता पार्टीका अध्यक्ष जेपीन ड्डा अर्को डेढ वर्ष सो पदमा रहने हुनु भएको छ । अध्यक्षमा उहाँको कार्यकाल सकिनु अगावै पार्टीको राष्ट्रिय कार्यकारिणी बैठकले नड्डाको पदावधि थप्ने निर्णय लिएको हो । नड्डा जुन २०२४ सम्म पार्टीको अध्यक्ष रहने निर्णय बैठकले लिएको छ । चार दिनपछि २० जनवरीबाट नड्डाको कार्यकाल सकिदैं थियो । 

सन् २०२४ मा हुने लोकसभा चुनाव र त्यस अगाडि हुने विभिन्न ९ राज्यको विधानसभा चुनावलाई लक्षित गरेर पार्टीले अध्यक्षको कार्यकाल बढाउने निर्णय लिएको बताइएको छ । आगामी चुनावको कमान्ड नड्डाले नै सम्हाल्नुहुने छ । गृहमन्त्री अमित शाहले नड्डाको कार्यकाल बढाउने प्रस्ताव बैठकमा गर्नु भएको थियो । बैठक अगाडि नै नड्डाको कार्यकाल बढाइने चर्चा व्याप्त थियो । नड्डा जुन २०१९ मा पार्टीको कार्यकारी र २० फेब्रुअरी २०२० बाट पूर्णकालीन अध्यक्ष चुनिनु भएको थियो ।  


प्रतिक्रिया