मस्जिदमा विस्फोट हुँदा मृत्यु हुनेको संख्या ८७ पुग्यो (अपडेट)

माघ १७, २०७९

पाकिस्तानको पेशावर सहरको एक मस्जिदमा भएको विस्फोटमा परि मृत्यु हुनेको संख्या ८७ पुगेको छ । प्रहरी हेडक्वाटर लक्षित गर्दै मस्जिदमा भएको सो आत्मघाती बम विस्फोटमा परि १ सय जना घाइते भएका छन् । 

सो मस्जिदमा करीब ४ सयको संख्यामा प्रहरी अधिकारी प्रार्थनाका लागि गएका समय विष्फोट भएको बीबीसीले उल्लेख गरेको छ । मस्जिदमा उपासकहरुले भरिएको बेला विस्फोट भएको र भवनको एक भाग ध्वस्त भएको त्यहाँका अधिकारीहरुले बताएका छन् । अहिलेसम्म कुनै पनि समूहले विष्फोटको जिम्मा लिएका छैनन् । 

त्यस्तै पाकिस्तानी प्रधानमन्त्री शेहबाज सरिफले आक्रमणको कडा निन्दा गर्नुभएको छ । घटनापछि पाकिस्तानको राजधानी इस्लामादमा प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ । सो मस्जिद शहरको सबैभन्दा सुरक्षित क्षेत्र मध्ये एक हो । 

मस्जिद क्षेत्रमा प्रहरी मुख्यालय र आतंकवाद विरोधी ब्यूरोका कार्यलय छन् । यसअघि गत डिसेम्बरमा उत्तर पश्चिम क्षेत्रमा प्रहरी चौकीलाई लक्षित गर्दै गरिएको आत्मघाती बम विष्फोटमा परि ३३ जनाको मृत्यु भएको थियो ।


प्रतिक्रिया