नेटोद्धारा २५ शान्ति सेनामाथि आक्रमणको निन्दा

जेष्ठ १६, २०८० | काठमाडौं

उत्तर एटलान्टिक सन्धी संगठन नेटोले आफ्ना २५ शान्ति सेना माथि कोसोभोमा भएको आक्रमणको निन्दा गरेको छ । कोसोभो प्रहरी तथा नेटो शान्ति सेना र सर्बिया समर्थित प्रदर्शनकारीबीच झडप भएको थियो । नेटो सेनाले बनाएको दुईवटा सुरक्षा घेराका बीच प्रर्दशनकारीहरु सरकारी भवनमा प्रवेश गरेका हुन् ।

गत अप्रिलकामा कोशोभोमा भएको स्थानिय तहको निर्वाचन अस्विकार गर्दै सर्बियाली मुलका ब्यक्तिले कडा आलोचना गरेका थिए । सो निर्वाचनमा अल्संख्यक समुदाय अल्बानियन्सले नगर परिषदको बैठकमा बहुमत हासिल गरेपछि प्रदर्शन सुरु भएको हो । अमेरिका र युरोपियन युनियनले उत्तरी कोसोभामा जारी तनाव प्रति कोसोभो सरकार उदासिन भएको भन्दै आलोचना गरेको छ । सन् २००८ मा सर्बियाबाट छुट्टीएको कोसोभोमा सर्बीयाली र अल्बानियन समुदायबीच साम्प्रदायिक बैमनश्यता छ ।     


प्रतिक्रिया