भारतमा ५ वर्ष यताकै कम वर्षा

आश्विन १४, २०८०

भारतमा यो वर्ष पछिल्लो ५ वर्ष यताकै सबै भन्दा कम वर्षा भएको छ । एल निनो मौसमी प्रणालीका कारण भारतमा गत अगष्ट महिना शताब्दीकै सुख्खा समय बनेको भारतीय मौसम तथ्यांक केन्द्रले जनाएको छ । वर्षा कम भएपछि कृषि उत्पादनमा गम्भीर असर परेको छ । भारतीय अर्थतन्त्रको महत्वपूर्ण हिस्सा कृषि उपजको उत्पादन कम भएपछि निर्यातमा समेत असर पर्ने अलजजिराले जनाएको छ ।

भारतमा ७० प्रतिशत खेतीमा आकाशे पानीको भर पर्नुपर्ने अवस्था छ । निर्यात गर्न सक्नेगरी कृषि योग्य जमिन भएको भारतमा उव्जनी कम भएपछि विश्व खाद्य बजारमा संकट देखा पर्ने प्रक्षेपण गरिएको छ ।

आगामी वर्ष चिनी, दलहन, चामल, तरकारीको मुल्य समेत बढ्ने प्रक्षेपण गरिएको छ । भारत विश्वकै दोश्रो ठुलो चामल निर्यात कर्ता मुलुक हो भने गहुा र चिनीको मुख्य उत्पादक हो । भारतमा उत्पादन कमीका कारण वस्तु बजारमा मुल्य बृद्धि हुने देखिएको छ । 


प्रतिक्रिया