इजरायल हमासबीचको युद्धविराम लम्बिने सम्भावना

मंसिर १३, २०८० | काठमाडौं

इजरायल र प्यालेस्टाइनी विद्रोही समूह हमास बीचको युद्धविराम लम्बिने सम्भावना बढेको छ । 

युद्धविरामका लागि थप दुई दिनको अवधिको आज अन्तिम दिन कतारमा वार्ता भइरहेकाले नयां सम्झौता हुन सक्ने सम्भावना रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

हमासले इजरायलका बन्धकहरुलाई युद्दविरामको छैटौं दिन आज पनि रिहा गर्ने सम्भावना रहेको बताइएको छ । 

 हमासले हिजो १२ जना बन्धकहरूलाई रिहा गरेको थियो । यो संगै हमासले बन्धक बनाएका ८१ जनाको रिहा गरेको छ । इजरायलले भने थप ३० प्यालेस्टिनी बन्दीहरूलाई रिहा गरेसंगै एक सय ८० जना प्यालेष्टाइनीको रिहा भएको छ । 

हमासले सयौंको संख्यामा हत्या गरेको थियो । यस्तै २ सय ४० जनालाई बन्धक बनाएको थियो । त्यसपछि इजरायलले गरेको प्रतिशोध अभियानमा ६ हजार बालबालिकासहित १४ हजार ८ सय बढी मानिस मारिएको हमास पक्षले दाबी गरेको छ । 


प्रतिक्रिया