अमेरिकी सेनाको विमान जापानमा दुर्घटना

मंसिर १३, २०८० | काठमाडौं

अमेरिकी सेनाको विमान जापानको दक्षिणपश्चिम क्षेत्र याकुशिमा टापुमा दुर्घटनाग्रस्त भएको छ ।

 जापानको कोस्ट गार्डले दुर्घटनास्थल नजिकै एक व्यक्ति मृत फेला परेको बताएको बीबीसीले जनाएको छ । विमानको इन्जिनमा आगो लागेपछि याकुशिमा विमानस्थलमा अवतरण गर्ने प्रयास गर्ने क्रममा दुर्घटना भएको अधिकारीहरुले जनाएका छन् । 

सो विषयमा अमेरिकाले भने कुनै टिप्पणी गरेको छैन । जापानको रक्षा मन्त्रालयले स्थानीय समय अनुसार २ बजेदेखि विमान रडारको सम्पर्क बाहिर रहेको जनाएको छ ।

 कागोशिमा प्रान्तको याकुशिमा, जापानको क्युशु टापुको दक्षिण क्षेत्रमा पर्दछ । जापानमा ५० हजारभन्दा बढी अमेरिकी सेना तैनाथ रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 


प्रतिक्रिया