विधानसभा निर्वाचन : तीन राज्यमा भाजपा विजयी

मंसिर १८, २०८० | काठमाडौं

भारतको विधानसभा निर्वाचन भएको ५ राज्यमध्ये मिजोरम राज्यको मतगणना आज हुँदैछ । ४० सिट भएको मिजोरम विधानसभामा मिश्रित नतिजा आउने अनुमान गरिएको छ । यसअघि हिजो सम्पन्न मतगणना अनुसार मध्यप्रदेश, राजस्थान र छत्तिसगढमा भारतीय जनता पार्टी भाजपाले जितेको छ । ती राज्यमा भाजपा नेतृत्वको सरकार बन्नेछ ।

तेलंगाना राज्यमा भने क्षेत्रीय पार्टीलाई पछि पार्दै कंग्रेस आइले जित हात पारेको छ । भारतमा करिव ५ महिनापछि केन्द्रिय सरकारका लागि चुनाव हुँदै छ । विधानसभा निर्वाचनको नतिजाले कंग्रेस आइलाई धक्का लागेको छ भने सत्तारुढ भारतीय जनता पार्टीलाई उत्साहित बनाएको छ ।


प्रतिक्रिया