इजरेली आक्रमणमा परि पछिल्लो समय ११२ प्यालेस्टीनीको मृत्यु

फाल्गुन १८, २०८० | काठमाडौं

गाजामा इजरेली आक्रमणमा परि पछिल्लो समय १ सय १२ प्यालेस्टीनीको मृत्यु भएको छ । ७ सय६० घाइते भएका छन् । सहायता सामग्री पठाइएको ट्रकमा इजरायली सेनाले आक्रमण गर्दा प्यालेस्टीनी नागरिकको मृत्यु भएको बीबीसीले जनाएको छ ।

गाजा सहरको दक्षिण पश्चिम तटीय सडकमा इजरायली ट्यांकहरूको उपस्थितिमा राहत सामग्रीका ट्रकहरूको पठाइएको थियो । इजरायली सेनाले चेतावनीको गोली चलाएको तर राहत सामग्री बोकेको ट्रकमा प्रहार नगरेको दाबी गरेको छ ।

यद्यपी, केही प्यालेस्टीनीहरूले भने सैनिकहरूले उनीहरूमाथि नै प्रत्यक्ष गोली चलाएको बताएका छन् । 

एक प्यालेस्टीनी प्रत्यक्षदर्शीकाअनुसार मृत्यु भएकाहरूमध्ये अधिकांशलाई ट्रक चालकहरूले अगाडि बढ्न खोज्दा ठक्कर दिएका थिए । 


प्रतिक्रिया