भारत र पाकिस्तानको तटीय क्षेत्रमा भारी वर्षा
भाद्र १४, २०८१ | काठमाडौं
भारत र पाकिस्तानको तटीय क्षेत्रमा भारी वर्षाका कारण आएको बाढीले गुजरात राज्यका शहरहरू डुबानमा परेका छन् ।
तटीय क्षेत्रमा हजारौं नागरिक विस्थापित भएको रोयटर्सले जनाएको छ ।
सो क्षेत्रमा थप भारी वर्षा र चक्रवातको संभावना रहेको भन्दै भारत र पाकिस्तानका मौसमविद्ले सर्तक रहन आग्रह गरेका छन् ।
वर्षाका कारण भारतको गुजरात राज्यमा यो साता मात्र २८ जनाको मृत्यु भएको छ ।
गुजरातको तटीय शहर जामनगरमा २ दिन देखि बिजुली नहुँदा दैनिकी कष्टकर बनेको स्थानीयबासिन्दाले बताएका छन् ।
गत आइतबार देखि हालसम्म सो स्थानका १८ हजार बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।