चिकित्सकलाई नियमित काममा फर्कन भारतको सर्वोच्च अदालतको आदेश

भाद्र २५, २०८१ | काठमाडौं

प्रशिक्षार्थी चिकित्सकको बलात्कार पछि हत्या गरिएको घटनाको विरोधमा प्रदर्शन जारी राखेका चिकित्सकलाई नियमित काममा फर्कन भारतको सर्वोच्च अदालतले आदेश दिएको छ ।

सर्बोच्च अदालतले हिजो गरेको फैसलामा प्रदर्शमा उत्रिएका सबै चिकित्सकलाई आजदेखि काममा नफर्किए कारवाही हुने समेत समाचार संस्था रोयटर्सले जनाएको छ ।

अस्पताल परिसरमा महिला र पुरुषका लागि छुट्टा छ्ट्टै शौचालय तथा ड्युडी कक्ष, सीसी टीभी जडान लगायतका माग राख्दै सैयौं चिकित्सकले प्रदर्शन जारी राख्दै आएका थिए ।

भारतको पश्चिम बंगालस्थित कोलकत्ता शहरको आर जी कर मेडिकल अस्पतालको कक्षा कोठामा गत महिना प्रशिक्षार्थी चिकित्सकको बलात्कार पछि हत्या गरिएको अवस्थामा शव फेला परेसंगै सुरक्षाको माग गर्दै भारतभर स्वास्थ्य क्षेत्रका प्रतिनिधिले प्रदर्शन गरेका थिए । 


प्रतिक्रिया