सरावल गाउँपालिकाबाट एक वर्षमा ३ सय जनाले पाए श्रम स्वीकृति
पुस १५, २०८१ | परासी
पालिकाबाटै श्रम स्वीकृति हुन थालेपछी पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका स्थानीय लाभान्वित भएका छ्न् । श्रमको लागि काठमाडौ जाँदा आर्थिक र समय ब्यवस्थापनमा कठिनाई भोग्दै आएका स्थानीय गाउँपालिकामानै स्वीकृति पाएपछि खुसी छ्न् ।
पछिल्लो एक वर्षमा सरावल गाउँपालिकाबाट मात्र ३ सय जनाले श्रम स्वीकृति लिएका छ्न् । वैदेशिक रोजगार बोर्डबाट हुने सेवापनी गाउँपालिकाबाटै प्रदान हुँदै आएको सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले बताउनुभयो ।
श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जानू पर्ने र सोका लागि गाउँपालिकाबाट सबै सेवा प्रदान हुने रोजगार शाखा प्रमुख नेत्र भण्डारीले बताए ।
हिजो भएको अभिमुखिकरण कार्यक्रममा पालिकाबाट भएको कामको प्रसंशा गर्दै सेवा लाई थप प्रभावकारी बनाउन सेवाग्राही र सहभागिले सुझाब दिएका थिए ।