युक्रेनसँगको युद्ध अन्त्यका लागि अमेरिकासँग बार्ता गर्ने रुसको तयारी

कार्तिक २३, २०८१ | काठमाडौं

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकाको राष्ट्रपतिमा निर्वाचित डोनल्ड ट्रम्पलाई बधाई दिँदै आगामी वार्ताका लागि तयार रहेको बताउनुभएको छ । 

ट्रम्पले चुनावी प्रचारका क्रममा युक्रेन र रुसबीचको सम्बन्ध पूर्नस्थापनाका बारेमा गरेको टिप्पणीप्रति आफ्नो ध्यानाकर्षण भएको समेत पुटिनले बताउनुभएको छ । रुस युक्रेन युद्ध अन्त्यको पहलस्वरुप अमेरिकासँग बार्ता गर्ने पुटिनले संकेत गर्नुभएको हो । त्यस्तै, ट्रम्पले वार्तामा बोलाएमा आफु जहिल्यै तयार रहेको पुटिनको भनाई छ ।

 बन्धुकधारीको आक्रमणमा पर्दा समेत हिम्मत नहारेको भन्दै राष्ट्रपति पुटिनले ट्रम्पको प्रशंसा समेत गर्नुभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यामले जनाएका छन् ।

 गत जुलाईमा पेन्सिलभेनियामा आयोजित चुनावी ¥यालीमा भएको हत्या प्रयासमा ट्रम्पले वास्तविक नेता जस्तो व्यवहार देखाएको राष्ट्रपति पुटिनले बताउनुभएको छ । ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएसँगै पुटिनले पहिलो पटक सार्वजनिक रुपमा बधाई दिनुभएको हो । 


प्रतिक्रिया