पाकिस्तानको बलुचिस्तानस्थित रेल स्टेशनलमा बम विस्फोट, २५ जनाको मृत्यु
कार्तिक २४, २०८१ | काठमाडौं
पाकिस्तानको बलुचिस्तान प्रान्तस्थित एउटा रेल स्टेशनमा आत्मघाती बम विस्फोट हुँदा कम्तिमा २५ जनाको मृत्यु भएको छ ।
विस्फोटमा करिब ५० जना घाइते भएका छन् । क्वेटा स्टेशन छोडेर दक्षिण पश्चिमस्थित पेशावरतर्फ रेल प्रस्थान गर्न लागेको समय बम विस्फोट भएको हो ।
बलुचिस्तान लिबरेशन आर्मी नामक एक लडाकू समूहले बम विस्फोट गराएको त्यहाँका अधिकारीलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यामले जनाएका छन् ।
पाकिस्तान प्रहरीले सो विस्फोट आत्मघाती आक्रमण भएको बताएको छ । स्थानीय स्रोतमाथि नियन्त्रणको माग राख्दै आत्मघाती बम आक्रमण गरिएको हुन सक्ने आंकलन गरिएको छ । सहरका आयुक्तका अनुसार विस्फोटमा आत्मघाती बम प्रहार गर्ने समेत मारिएका छन् ।