यू १९ महिला एसिया कप क्रिकेटः पाकिस्तानलाई हराउँदै नेपाल सेमिफाइनलमा
पुस १, २०८१ | काठमाडौं
एसीसी यू–१९ महिला एसिया कप क्रिकेटमा नेपालले सेमिफाइनलमा स्थान बनाएको छ । समूह चरणको आफ्नो पहिलो खेलमा पाकिस्तानलाई ६ विकेटले पराजित गर्दै नेपाल सेमिफाइनलमा पुगेको हो ।
पाकिस्तान लगातार दोस्रो हारका साथ प्रतियोगिताबाट बाहिरिँदा नेपाल एक खेल अगावै सेमिफाइनल पुगेको हो ।
पाकिस्तान पहिलो खेलमा भारतसँग पराजित भएको थियो । मलेसियाको क्वालालाम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा १ सय ५ रनको लक्ष्य नेपालले १९ ओभरमा ४ विकेट गुमाएर पूरा ग¥यो ।
नेपालको जितमा कप्तान पूजा महतोले सर्वाधिक ४७ रन जोडिन् । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ओभरमा ५ विकेट गुमाएर १ सय ४ रन बनाएको थियो । पाकिस्तानकी कोमल खानले सर्वाधिक ३८ रन जोडिन् ।
नेपालका लागि कप्तान पूजाले २ तथा रचना चौधरी, रिया शर्मा र सिमाना केसीले समान १ विकेट लिइन् । नेपालले भोली समूहको अन्तिम खेल भारतसँग खेल्नेछ ।