थाइल्याण्ड, लाओस र म्यानमारको यात्रामा सावधानी अपनाउन सरकारको आग्रह

पुस ८, २०८१ | काठमाडौं

नेपाल सरकारले थाइल्याण्ड, लाओस र म्यानमारको यात्रा गर्दा सावधानी अपनाउन आग्रह गरेको छ ।

परराष्ट्र मन्त्रालयलले सूचना जारी गर्दै ती देशहरुमा आकर्षक रोजगारी दिने प्रलोभनमा अबैध काममा लगाउने गरेको पाइएको भन्दै सावधानी अपनाउन आग्रह गरेको हो ।


मानव बेचविखन एवं आपराधिक गतिविधिमा संलग्न गिरोहले नेपाली नागरिकलाई कम्बोडीया, लाओस र म्यानमारमा जबरजस्ती काममा लगाउने, राहदानी खोसिदिने र घन्टौंसम्म काम लगाउने तथा चरम यातना दिएर तलब समेत नदिने गरेको घटनाहरु सार्वजनिक भएको मन्त्रालयले जनाएको छ ।

म्यानमारको याङ्गुन र थाइल्याण्डको बैङ्ककस्थित नेपाली राजदुतावासमा उद्धारका लागि आवेदन दिनेको संख्या बढेसँगै सरकारले घटनाबारे ध्यानाकर्षण भएको जनाएको छ ।

विशेषगरी अनलाइन जुवा, क्रिप्टोकरेन्सीमा लगानी र रोजगारीको अवसर देखाएर ठगी गरिरहेको पाइएको मन्त्रालयद्धारा जारी सूचनामा उल्लेख छ ।  


प्रतिक्रिया