एकीकृत समाजवादी एकता हुदैँन्, विलिन पनि हुँदैनः माधव नेपाल
पुस २९, २०८१ | बारा
एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी एमाले र नेकपा माओवादीसित एकताको गुन्जायस नरहेको बताउनु भएको छ ।
बाराको कलैयामा पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उहाँले एमालेसँग गुन्जायस नरहेको र माओवादीमा पनि नजाने भन्दै कतै विलिन नहुने स्पष्ट पार्नुभयो ।
देश र जनताको मुद्दामा साथै मिलेर जाने उहाँको भनाई थियो । माघ २ गते बस्ने समाजवादी मोर्चाको बैठकमा माओवादी केन्द्र, एकीकृत समाजवादी, विपल्व समुहका कम्युनिष्ट पार्टी र महेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीका नेता सहभागी भई रोजगारी, सहकारी, मिटरब्याज, भ्रष्टाचार, ढिलासुस्तीलगायतका मुद्दामा सामूहिक निर्णय भई त्यसका निम्ति आन्दोलनमा जाने उहाँले उल्लेख गर्नुभयो ।