बिआरआईमा चीनसँग कुनै ऋण सम्झौता भएको छैनः परराष्ट्रमन्त्री राणा

पुस २९, २०८१ | काठमाडौं

सरकारले चिनियाँ पक्षसँग बिआरआई परियोजनाका लागि कुनै पनि ऋण सम्झौता नगरेको प्रष्टिकरीण दिएको छ ।

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध पर्यटन समितिको बैठकमा सासंसदहरुले सोधेका प्रश्नहरुको जवाफ दिने क्रममा परराष्ट्रमन्त्री आरजु राणा देउवाले अहिलेको अवस्थामा नेपालले चीनसँग कुनैपनि ऋण लिन सक्ने अवस्था नरहेकोबारे स्पष्ट रुपमा आफ्नो भनाइ राखेको बताउनुभएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नपालले चीनसँग बिआरआई सम्झौता गर्दा ऋण लिन नसक्ने अवस्था रहेकोबारे चिनियाँ समकक्षीलाई जानकारी गराएको मन्त्री राणाको भनाई छ ।

प्रधानमन्त्रीको चीन भ्रमण तोकिएपछि पनि राजनीतिक दलहरुबीच बिआरआई सम्झौता गर्ने वा नगर्ने भन्ने विषयमा रस्साकसी चलेको थियो । निमार्ण सम्पन्न भएर पनि अन्तर्राष्ट्रिय उडान हुन नसकेको पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल बिआरआई परियोजनामा बनेको भन्ने विषयमा समेत सासंदहरुले मन्त्री राणासँग जिज्ञासा राखेका थिए ।

यद्यपि सो विमानस्थलबारे भ्रमणका क्रममा छलफल नभएपनि चीन सरकारले सञ्चालनका लागि पहल गर्ने जनाएको परराष्ट्रमन्त्री राणाले बताउनुभयो । परराष्ट्रमन्त्री राणाले नेपालका उत्तरी नाका सहज रुपमा सञ्चालका लागि समेत चिनियाँ पक्षसँग छलफल गरिरहेको समितिको बैठकमा जानकारी गराउनुभएको छ ।  


प्रतिक्रिया