म्यासेडोनियाको एक रात्रिक्लबमा आगलागी, कम्तीमा ५१ जनाको मृत्य

चैत्र ३, २०८१ | काठमाडौं

युरोपेली मुलुक उत्तर म्यासेडोनियाको एक रात्रिक्लबमा आगलागी हुँदा कम्तीमा ५१ जनाको मृत्यु भएको छ ।

 आगलागीमा सय जना भन्दा बढी घाइते भएको त्यहाँको आन्तरिक मन्त्रीलाई उदृत गर्दै अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । राजधानीबाट करिब सय किलोमिटर पूर्वमा अवस्थित कोकानी सहरको पल्स क्लबमा आगलागी भएको थियो ।

 त्यतिबेला क्लबमा लोकप्रिय हिप–हप ब्यान्डको कन्सर्ट आयोजना भइरहेको थियो । स्थानीय अधिकारीले कन्सर्टमा १ हजार ५ जनाको उपस्थिति रहेको बताएका छन् ।

 स्थानीय मिडियाले आतिशबाजी उपकरणहरूको प्रयोगका कारण आगलागी फैलिएको अनुमान गरेका छन् । सार्वजनिक भएका दृष्यहरूमा स्टेजबाट निस्केका आगोका झिल्काहरू फैलिएको देख्न सकिन्छ ।  


प्रतिक्रिया