गुजरातस्थित एक पटाका गोदाममा आगलागी हुँदा कम्तीमा १८ जनाको मृत्यु

चैत्र १९, २०८१

भारतको गुजरातस्थित एक पटाका गोदाममा आगलागी हुँदा कम्तीमा १८ जनाको मृत्यु भएको छ । मृतकको संख्या अझ बढ्न सक्ने अनुमान गरिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । भारतीय अधिकारीहरूका अनुसार विस्फोट आज बिहान स्थानीय समयअनुसार १० बजेतिर भएको थियो । 

घटनास्थलमा एम्बुलेन्स टोलीसँगै अग्नि नियन्त्रक र सरकारी अधिकारीहरू उद्धार तथा राहत कार्यमा खटिएका छन् । आगलागीको केही घण्टापछि भग्नावशेषबाट शव निकाल्ने काम जारी भएको छ । आगलागीको कारण भने अझै पत्ता लागेको छैन । 


प्रतिक्रिया