फ्रान्समा दक्षिणपन्थी दलकी नेतृ राष्ट्रपतिय निर्वाचन लड्नबाट वञ्चित

चैत्र १८, २०८१ | काठमाडौं
फ्रान्सको चरम दक्षिणपन्थी दल नेशनल ¥याली (आरएन) की नेतृ मरिन ले पेनले सन् २०२७ मा हुने राष्ट्रपतीय चुनावमा प्रतिस्पर्धा गर्न नपाउने हुनुभएको छ ।
त्यहाँको एक अदालतले नेतृ पेनलाई आर्थिक हिनामिनाको मुद्दामा दोषी ठहर गरेपछि चुनावी प्रतिस्पर्धामा रोक लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
नेतृ पेनलाई अदालतले पाँच वर्षका लागि सार्वजनिक पदमा प्रतिबन्ध लगाएको छ । पेनलाई आफ्नो दल आरएनलाई आर्थिक सहयोग गर्न युरोपेली कोष हिनामिना गरेको आरोपमा अदालतले दोषी ठहर गरेको हो ।
अदालतको निर्णयसँगै फ्रान्सको राष्ट्रपति बन्ने उहाँको चौथो प्रयास पनि असफल हुने निश्चित भएको छ । यसअघि उहाँले सन् २०१२, २०१७ र २०२२ मा फ्रान्सको राष्ट्रपतीय चुनावमा प्रतिस्पर्धा गर्नुभएको थियो ।