अमेरिकामा हेलिकप्टर दुर्घटना

चैत्र २९, २०८१ | काठमाडौं

अमेरिकाका न्युयोर्कस्थित हड्सन नदिमा हेलिकप्टर दुर्घटना हुंदा ३ जना बालबालिका सहित ६ जनाको मृत्यु भएको छ ।

स्पेनका पर्यटक चढेको द बेल द्दण्ट कल साइन भएको हेलिकप्टर दुर्घटना भएको समाचार संस्था रोयटर्सले जनाएको छ । 

सो नदिमा भएको दुर्घटनाको भिडियो फुटेजमा लामो वस्तु नदिमा खसेको जस्तो देखिएको थियो । 

दुर्घटना लगत्तै उद्धारका लागि प्रहरी खटिएको थियो । 

न्युयोर्क हेलिकप्टर युर्सले संचालन गरेको सो हेलिकप्टर स्थानीय समय अनुसार बिहीबार दिउंसो हड्सन नदिको उत्तरी क्षेत्रमा उडेको थियो ।

 उडेको करिव १५ मिनेटपछि जर्ज वासिङटलन पुलबाट दक्षिण फर्किने क्रममा सो दुर्घटना भएको हो । 

घटना पछि उद्धारकर्ताले एक जना पाइलट, दुई जना वयस्क र ३ जना बालबालिकाको शव पानीबाट बाहिर निकालेका छन् ।   


प्रतिक्रिया