बेलायतले युक्रेनलाई सैन्य सहायता उपलब्ध गराउदै

चैत्र २९, २०८१ | काठमाडौं

बेलायतले युक्रेनलाई थप ४५ करोड पाउण्ड बराबरको सैन्य सहायता उपलब्ध गराउने भएको छ ।

बेलायत र जर्मनीले ब्रसेल्समा ५० राष्ट्र सम्मिलित बैठकको तयारी गरिरहेका बेला युक्रेनलाई सो सहायता घोषणा भएको समाचार संस्था बीबीसीले जनाएको छ । 

सो कदमले रुसलाई युक्रेन युद्ध अन्त्य गर्न दवाव दिने बेलायतका रक्षामन्त्री जोन हिलीले बताउनुभएको छ ।

 युक्रेनलाई हजारौं संख्यामा ड्रोन, एन्टी ट्याङक माइन्स, तथा सैन्य सवारी साधन मर्मत गर्ने भएको छ । 

४५ मध्ये ३५ करोड पाउण्ड बेलायल एक्लैले र बांकी १० करोड नर्वेमा रहेको बेलायत नेतृत्वको अन्तर्राष्ट्रिय सहायता संस्थाले गर्ने जनाइएको छ ।

यसैविच, १६ करोड पाउण्ड बराबरको सहायत यस अघिनै उपलब्ध गराइसकिएको छ । युक्रेन युद्ध अन्त्यका लागि अमेरिकाले रुस र युक्रेनी अधिकारीसंग समन्वय गर्दै आएको छ । 


प्रतिक्रिया