अमेरिकाका उपराष्ट्रपति भान्स ४ दिने भारत भ्रमणमा

वैशाख ८, २०८२ | काठमाडौं

अमेरिकाका उपराष्ट्रपति जेडी भान्स भारतको ४ दिने भ्रमणका लागि दिल्ली पुग्नु भएको छ ।

उपराष्ट्रपति भान्स इटालीको रोममा भएको व्यक्तिगत भ्रमणबाट भारत पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । भारतमा रहँदा उहाँले प्रधानमन्त्री नरेन्द्र मोदीसंग भेटघाट गर्नुहुनेछ । प्रधानमन्त्री मोदीसँग गत फेबु्रअरीमा अमेरिकासँग भएको सम्झौताको प्रगतीबारे समिक्षाका साथै बृद्धि गरिएको कर पुनरावलोकनको विषयमा केन्द्रीत रहेर छलफल हुने जनाइएको छ ।

गत फेबु्रअरीमा भारतीय प्रधानमन्त्री मोदीको अमेरिका भ्रमणका क्रममा दुई मुलुकबीच आगामी ५ वर्षभित्रमा ५ खर्ब डलर बराबरको व्यापार गर्ने लगायतका सहमती भएको थियो । यस्तै, उपराष्ट्रपति भान्स भ्रमणको अधिकांश समय व्यक्तिगत कार्यक्रममा सहभागी हुने बताइएको छ ।

यस्तै, अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पको यो वर्षको अन्त्यमा हुने भारत भ्रमणको आधार तय गर्न भान्सले दिल्लीको भ्रमण गरेको विश्लेषण गरिएको छ । सन् २०२५ को अन्त्यमा भारतमा हुने क्वाड सम्मेलनमा ट्रम्प सहभागी हुने बताइएको छ । क्वाड मुलुकमा भारत, अष्टे«लिया, जापान र अमेरिका सदस्य छन् ।

आजदेखि अनिवार्य विद्यालय सञ्चालन गरे÷नगरेको विषयमा उपमहानगरपालिकाले अनुगमन गर्ने जनाएको छ । देशभरका शिक्षक आन्दोलनमा होमिँदा सामुदायिक विद्यालयको भर्ना अभियान प्रभावित भएको भन्दै स्थानीय सरकारले उपमहानगरपालिका भित्रका विद्यालय खोल्न निर्देशन दिएको हो । 


प्रतिक्रिया