बेलायत र इयुबीच व्यापार र रक्षा सम्बन्धी सहमति

जेष्ठ ५, २०८२ | काठमाडौं
बेलायत र युरोपेली संघ(इयु)बीचव्यापार र रक्षा सम्बन्धी सहमति भएको छ । बेलायतले ब्रेक्जिट पछि इयुसँगको सम्बन्ध पुनस्र्थापना गर्दै व्यापारमा भएका अवरोध हटाउने तथा रक्षा सम्बन्धी क्षेत्रमा सहकार्य गर्ने भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
लन्डनमा भएको शिखर सम्मेलनमा सो सहमति भएको हो । सहमतिले अर्थतन्त्र बढाउन र समग्र महादेशमै सुरक्षा बढाउन मद्दत गर्ने अपेक्षा गरिएको बताइन्छ । बेलायती प्रधानमन्त्री केयर स्टारमरले सहमतिले बेलायतका नागरिकहरु र व्यापारको लागि युरोपमा सहज पहुँच सुरक्षित हुने बताउनुभएको छ ।
यसैबीच, बेलायत र ईयूले खाद्यान्न, माछा मार्ने र राहदानीेमा पहुँच सम्बन्धी सम्झौताको घोषणा समेत गरेका छन् ।