अफगानिस्तानमा भुकम्पमा परि ८ सय जनाको मृत्यु

भाद्र १६, २०८२ | काठमाडौं
अफगानिस्तानको पूर्वी क्षेत्रमा गएको भूकम्पपछि मृत्यु हुनेको संख्या ८ सय पुगेको छ ।
गएराती गएको ६ म्याग्निच्युडको भूकम्पका कारण झन्डै २ हजार ८ सय जना घाइते भएको अफगानी अधिकारीलाई उद्धृत गर्दै अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । भूकम्पका कारण कुनार प्रान्तका पहाडी क्षेत्रमा माटो र काठले बनेका पुराना घर ध्वस्त भएका छन् भने प्रभावित क्षेत्रमा उद्धारका लागि हेलिकोप्टर खटाइएको छ ।
पाकिस्तानको सीमावर्ती दक्षिणपूर्वी क्षेत्रलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पका कारण दुर्गम पहाडी क्षेत्र सबैभन्दा बढी प्रभावित भएका छन् ।
भूकम्प प्रभावित सो क्षेत्रमा उद्धार कार्य कठिन बनेपछि तालिवान सरकारले मानवीय संस्थालाई समेत सहयोगका लागि आग्रह गरेको छ । भूकम्पको धक्का पाकिस्तान र भारतको केही भागमा समेत महसुस गरिएको थियो ।