नारायणकाजी श्रेष्ठविरुद्ध अदालतको अवहेलना सम्बन्धी मुद्दा दर्ता

भाद्र १६, २०८२ | काठमाडौं
माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठविरुद्ध अदालतको अवहेलना सम्बन्धी मुद्दा दर्ता भएको छ ।
पूर्वगृहमन्त्रीसमेत रहेका श्रेष्ठले अदालत पुग्ने व्यक्तिहरूले घुस खुवाउन वा भनसुन गर्न नसके न्याय नपाउने भनी सामाजिक सञ्जालमा टिप्पणी गर्नुभएको थियो ।
पूर्वमन्त्री श्रेष्ठले अदालत, न्यायाधीश र समग्र न्याय प्रणालीमाथि आँच आउने गरी टिप्पणी गरेकाले अवहेलनामा कारबाही हुनुपर्ने मागसहित कानूनका विद्यार्थी आयुष दाहालले निवेदन दिनुभएको हो ।
अदालतले न्याय प्रशासनसम्बन्धी ऐनको व्यवस्थामा रहेर कारबाही चलाउन सक्ने उल्लेख छ । अवहेलना मुद्दाको पेसी आगामी विहिबारकालागि तोकिएको सर्वोच्चले जनाएको छ ।