बंगलादेशसँग हुने मैत्रीपूर्ण फुटबल म्याचको सम्पूर्ण तयारी पूरा

भाद्र १६, २०८२ | काठमाडौं

अखिल नेपाल फुटबल संघ एन्फाले अर्को साता बंगलादेशसँग हुने मैत्रीपूर्ण फुटबलको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । 

नेपालले भदौ २१ र २४ गते काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । दुवै मैत्रीपूर्ण खेलहरु फिफाको अन्तर्राष्ट्रिय म्याच विन्डो अन्तर्गत रहेका छन् ।

 सो खेल नेपालका लागि एएफसी एसियन कप छनोटको तयारीमा महत्वपूर्ण हुनेछ । मैत्रीपूर्ण खेलमा लागि राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक म्याट रसले यसअघि नै किरण चेम्जोङको कप्तानीमा २३ सदस्सीय टोलीको घोषणा गरिसकेका छन् । एन्फाले आज पत्रकार सम्मेलन गर्दै टिकट दर सामान्य प्यारपिटतर्फ ५ सय र भिआईपीतर्फ एक हजार रुपैयाँ तोकेको छ ।

 टिकटको सम्पूर्ण अधिकार एन्फाकै स्वामित्वमा रहने जनाइएको छ । खेलको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्ट्स एचडीबाट हुने एन्फाले जनाएको छ । मैत्रीपूर्ण खेलमा लागि बंगलादेशी टोली पर्सि बुधबार नेपाल आइपुग्ने छ ।


प्रतिक्रिया