साइबर आक्रमणपछि युरोपका प्रमुख विमानस्थलको सेवा अवरुद्ध

आश्विन ४, २०८२ | काठमाडौं

यात्रु परिक्षण गर्ने बोर्डिङ प्रणाली प्रदान गर्ने सेवा प्रदायकमाथि साइबर आक्रमण भएपछि युरोपका प्रमुख विमानस्थलको सेवा अवरुद्ध भएको छ ।

 साइबर आक्रमणका कारण लण्डनस्थित युरोपकै सबैभन्दा व्यस्त हिथ्रो विमानस्थल सहितका विमानस्थलबाट हुने उडान तथा अवतरण सेवा समेत प्रभावित भएको हो । 

विमानस्थलबाट हुने सेवा प्रवाहमा समस्या भएपछि केहि विमानस्थलले यात्रुहरुलाई उडान ढिला हुनसक्ने जानकारी दिँदै सतर्क रहन आग्रह गरेका छन् । यस्तै बेल्जियमस्थित ब्रसेल्स र बर्लिन विमानस्थलबाट हुने उडान अवतरण समेत प्रभावित भएको समाचारमा जनाइएको छ । 

 यसैबीच केहि सेवा प्रदायक कम्पनीले भने यात्रुको परिक्षण गर्ने झोला पठाउने स्वचालित सेवा अवरुद्ध भएको जनाएका छन् । ब्रसेल्स विमानस्थलले गए रातिदेखि स्वचालित प्रणाली बन्द भएकाले उडान तालिका प्रभावित भएको उल्लेख गरेको छ ।  


प्रतिक्रिया